मन्त्रालयबाट सम्पादित कार्यहरुको मासिक प्रगति विवरण (२०८३ साउन)
मन्त्रालयबाट सम्पादित कार्यहरुको मासिक प्रगति विवरण (२०८३ साउन)
८ भदौ, २०८३
मन्त्रालयबाट सम्पादित कार्यहरुको मासिक प्रगति विवरण (२०८३ साउन)
नेपाल सरकार
रक्षा मन्त्रालय
मिति: २०८३/०५/08
मन्त्रालयबाट सम्पादित कार्यहरूको मासिक प्रगति विवरण
आ. व. २०८३/८४ महिना: साउन
क. प्रशासनमहाशाखा
सि.नं.
शाखाको नाम
शाखाबाट सम्पादित कार्यहरू
१.
कर्मचारी प्रशासन शाखा
नेपाल सरकारका मूख्य सचिवको अध्यक्षतामा मिति 2083/०४/0४ गते तथा विगतमा भएका सचिव बैठकहरूबाट भएको निर्णयहरूको कार्यान्वयन प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित रूपमा पठाइएको,
यस मन्त्रालयसँग सम्बन्धित नेपाल सरकार,मन्त्रिपरिषद्बाट भएका निर्णयहरूको २०८३ असार मसान्तसम्मको कार्यान्वयन अवस्थाको प्रगति विवरण मन्त्रिपरिषद् निर्णय कार्यान्वयन अनुगमन प्रणाली (CDIMS) मा प्रविष्टि गरी प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको,
नेपाली सेनाबाट सिफारिस भईआएबमोजिम नियमित बढुवा, पदावधी थप, सरूवा र राजीनामा लगायत कार्यसम्पादन गरिएको (नियमित बढुवा ३ जना, पदावधी थप २ जना, सरूवा ६ जना र राजीनामा ७ जना),
मन्त्रालयबाट रमाना भई गएका १ जना कर्मचारीको सम्बन्धमा आवश्यक प्रशासनिक कार्य गरिएको,
२.
शासकीय सुधार तथा मानव संसाधन विकास शाखा
मन्त्रालयले निजामती कर्मचारीतर्फ २ जना (सेमिनार/कन्फरेन्स/ वर्कसप/कार्यक्रम, भ्रमण)र नेपाली सेनातर्फ (सकलदर्जा)६३जना (तालिम,सेमिनार/कन्फरेन्स/वर्कसप/कार्यक्रम, भ्रमण, अध्ययन) को वैदेशिक भ्रमणको लागि मनोनयन गरिएको तथा स्वदेशमा निजामती कर्मचारीतर्फ १ जनाको (तालिम) मनोनयन गरिएको। साथै मनोनीत उम्मेदवारका आश्रित परिवारका सदस्य 1२ जनाको लागि भिसासमेत सिफारिस गरिएको,
यस मन्त्रालयको आ.व.०८३/८४ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत राष्ट्रिय सुरक्षाको बदलिदो अवधारणा,सैन्य कूटनीति,नागरिक सैनिक सम्बन्ध लगायत विषयमा Army Command And Staff Collegeसँगको सहकार्यमा मन्त्रालयका कर्मचारीहरूको लागि क्षमता विकास/तालिम सञ्चालन गर्ने सम्बन्धमा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा उक्त कलेजका प्रतिनिधिहरूलाई आमन्त्रण गरी मिति २०८३/०४/१४ गते प्रारम्भिक छलफल सम्पन्न गरिएको,
नेपाली सेनाका सकलदर्जाको "वैदेशिक तालिम,अध्ययन भ्रमण मनोनयन र खर्च व्यवस्थापन सम्बन्धी निर्देशिका" को मस्यौदा तयार गर्न मिति २०८३/०४/२० को सचिवस्तरीय निर्णयानुसार अवधारणा पत्र स्वीकृत भएको तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरी कार्य प्रारम्भ गर्न सम्बन्धित निकायमा प्रतिनिधि खटाउन अनुरोध गरी पत्राचार गरिएको,
प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित शासकीय सुधार एकाइको बैठक सहसचिव मनोजकुमार आचार्यको संयोजकत्वमा मिति २०८३ श्रावण २९ गते सम्पन्न भएको,
ख. योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा
सि.नं.
शाखाको नाम
शाखाबाट सम्पादित कार्यहरू
१.
योजना तथासैनिक कल्याण शाखा
२०८३ असार महिनाको माइलस्टोन प्रगति र मासिक सूचकको आधारमा प्रगति एकीकृत अनलाइन अनुगमन प्रणालीमा प्रविष्ट गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको,
आ.व. 2083/84 को वार्षिक कार्यान्वयन कार्ययोजना (Milestone) को विवरण एकीकृत अनलाइन अनुगमन प्रणालीमा प्रविष्ट गरीएको,
सम्माननीय प्रधानमन्त्री एवम् रक्षामन्त्री र रक्षा मन्त्रालयका सचिवबीच आर्थिक वर्ष २०८३/८४ का लागि हुने कार्यसम्पादन सम्झौताको मस्यौदा मिति 2083/04/08 गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट माग भएबमोजिम यस मन्त्रालय अन्तर्गत २०८३ असोज मसान्तसम्म सम्पादन गरिने महत्वपूर्ण कार्यहरु (माइलस्टोन र नतिजा सहित) को विवरणमिति 2083/04/11 गते उपलब्ध गराइएको,
रक्षा सचिवको अध्यक्षता एवम् प्रधान सेनापतिको विशेष उपस्थितिमा आ.व. २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक (MDAC)मिति 2083/0४/१४ गते सम्पन्न भएको,
राष्ट्रिय योजना आयोगमा मिति 2083/04/19 गते राष्ट्रिय विकास समस्या समाधान समितिको तयारी बैठकमा मन्त्रालयका सचिवको नेतृत्वमा सहभागी भई प्रस्तुतीकरण समेत गरिएको,
राष्ट्रिय योजना आयोगबाट माग भएबमोजिम राष्ट्रिय गौरवका आयोजनाको अद्यावद्यिक विवरण मिति 2083/04/20 गते उपलब्ध गराइएको,
आ.व. २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक (MDAC)को निर्णय सम्बन्धित निकायहरूमा पठाउनुका साथै राष्ट्रिय योजना आयोगमा सोको प्रतिवेदनमिति 2083/04/15 गते पेस गरिएको,
यस मन्त्रालयको वार्षिक अनुगमन योजना, 2083 मिति 2083/04/22 गते स्वीकृत भएको,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आ.व. 2083/84 को वार्षिक नीति तथा कार्यक्रमको विस्तृत कार्यान्वयन कार्ययोजना (DIP)मिति 2083/04/22 गते उपलब्ध गराइएको,
यस मन्त्रालय र अन्तर्गतका निकायको आ.व. 2082/83 को वार्षिक प्रगति पुस्तिका तयारी तथा प्रकाशनका लागि वार्षिक प्रगति पुस्तिका तर्जुमा तथा प्रकाशन समिति मिति 2083/04/25 गते गठन गरिएको,
काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना (KTFT)अन्तर्गत कार्य सहमति (9जना) र गैर पर्यटक भिसा (45 जना) का लागि अध्यागमन विभाग तथा श्रम इजाजत (30 जना) का लागि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पत्राचार गरिएको,
२.
शान्ति सेना समन्वय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा
संयुक्त राष्ट्र संघको आह्वानमा विभिन्न देशमा शान्ति स्थापना कार्य तथा अन्य विविध तालिमहरुमा सहभागी हुनको लागि नेपाली सेनाबाट छनौट भई सिफारिस भएका जम्मा१४ जना (१ जना रक्षा मनत्रालयको प्रतिनिधि सहित) विभिन्न दर्जाको मनोनयन स्वीकृत,५ जनाको विशेष राहदानी सिफारिस तथा ३ जनाको भिसा सिफारिस गरिएको,
संयुक्त राज्य अमेरिका सरकारले नेपालका लागि आवासीयAssistant Military AttacheपदमाMajor Alexander Norman Abtलाई नियुक्त गर्ने प्रस्ताव सम्बन्धमा यस मन्त्रालयको मिति २०८३/०४/२० (सचिवस्तर) को निर्णयानुसार र दक्षिण कोरियाका गैर-आवासीय Military Attacheपदमा कार्यरतLieutenant Colonel Han Jong-hunको बदलामाLieutenant Colonel YOUGJU SONलाई उक्त पदमा नियुक्त गर्ने प्रस्ताव सम्बन्धमा सकारात्मक राय सहित मिति २०८३/०४/२७ को यस मन्त्रालय (सचिवस्तर) को निर्णयानुसार श्री परराष्ट्र मन्त्रालयमा राय पठाइएको,
अनुदानमा प्राप्त 7.62mm Medium Machine Gunनाल-५०,AC Electric Busगोटा-२० र ElectricChargerगोटा-१०,ScorpioDCPick-up-४५,BoleroDCPick-up-५०, BoleroHardTopJeep-१० रLifeSavingMedicinesहरु ग्रहण गर्ने स्वीकृति,पैठारी गर्दा लाग्ने महसुल लगायतका अन्य सम्पूर्ण दस्तुर,शुल्क वा कर छूट तथा जाँचपासको व्यवस्थाको लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको,
भारतीय स्थल सेनाध्यक्षकोमिति २०८३/०४/२७ गते देखी मिति २०८३/०५/०३ गतेसम्म हुने नेपाल भ्रमणका क्रममामानको खातिर नेपाली सेनाको मानार्थ महारथी पद प्रदानको लागि सम्माननीय राष्ट्रपतिज्यू तथा प्रधानमन्त्रीज्यूबाट समय उपलब्ध,सवारी साधनको उपलब्धता,राजदूत,सैनिक सहचारीको उपस्थितिलगायत सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरिएको,
३.
सूचना विश्लेषण तथा विपद् व्यवस्थापन शाखा
सूचनाको हकसम्बन्धी ऐनले गरेको व्यवस्था बमोजिम आ.व. २०८२/०८३ को चौथौ त्रैमासिक अवधिमा भए गरेका कामको प्रगति विवरण(Pro-active Disclosure) सार्वजनिक गरिएको,
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/१२/१३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं. २ अन्तर्गत यस मन्त्रालयबाट गरिने १० वटा सुधारका कार्यहरूको प्रगति विवरण मिति २०८३/०४/११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको,
संघीय संसदमा उठान भएका यस मन्त्रालय र नेपाली सेना सम्बद्ध विषयहरूको विवरण सङ्कलन तथा रिपोर्टिङ गरिएको,
नेपाल सरकार,मन्त्रिपरिषद्बाट मिति २०८३/०३/१८ मा स्वीकृत राष्ट्रिय सदाचार नीति,२०८३ को यस मन्त्रालय तथा अन्तर्गत निकायसँग सम्बन्धित कार्यनीति कार्यान्वयन कार्ययोजनाको प्रारम्भिक कार्ययोजना सम्बन्धमा मिति २०८३/०४/१९ गते महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूको उपस्थितिमा छलफल कार्यक्रम भएको,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मिति २०८२/१२/२५ गते प्राप्त पत्रानुसार “सिंहदरबारमा आज”कार्यक्रममा यस मन्त्रालयबाट प्रत्येक दिन सम्पादन गरिएका मुख्य २ (दुई) कार्य सङ्कलन गरी Google Docsमार्फतरिपोरिङ गर्ने गरिएको,
विपद् व्यवस्थापन सम्बन्धमा आवश्यकता अनुसार समन्वय, सहजीकरण, तथ्याङ्क सङ्कलन तथा विश्लेषण गर्ने गरिएको,
मन्त्रालयबाट २०८३ असार महिनामा भए गरेका कार्यहरू रहेको प्रगति विवरण तयार गरी मन्त्रालयको वेबसाइट(https://www.mod.gov.np/) मा राखिएको,
मन्त्रालयको महाशाखागततथाशाखागतकार्यसम्पादनअवस्थाकोमासिकतथ्याङ्क (असार महिनाको GIOMSरिपोर्टमाआधारित) तयार गरिएको,
मन्त्रालयको वेबसाइट (https://www.mod.gov.np/)नियमित रूपमा अद्यावधिक गरिएको,
ग. कानून महाशाखा
सि.नं.
शाखाको नाम
शाखाबाट सम्पादित कार्यहरू
१.
कानून तथा फैसला कार्यान्वयन शाखा
"राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना,सञ्चालय र व्यवस्थापन गर्न बनेको विधेयक" तर्जुमा सहमतिको लागि "राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालय तथा व्यवस्थापन नियमावली,२०८३"को मस्यौदा सहित मिति 2083/03/29 मा कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको रराष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका (NDU)प्रतिनिधि सहित कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयमा विधेयक उपर छलफल तथा संशोधन भइरहेको,
कानून अध्ययन समितिको प्रतिवेदन अनुसार रक्षा मन्त्रालय र रक्षा मन्त्रालयसँग सम्बन्धित निकायहरुसँग सम्बन्धित खारेज गर्नुपर्न ६(छ) वटा नियमावलीहरु "सैनिक सेवा (सातौं संशोधन) नियमावली,२०८३"मा "खारेजी र बचाउ" नियम शिर्षक थप गरी उल्लेखित नियमावलीहरु खारेज गर्न आवश्यक बचाउ गर्नुपर्ने विषय भए खुलाई पठाइदिनुहुन मिति 2083/०4/14 मा नेपाली सेना,प्रधानसेनापतिको कार्यालयमा पत्राचार गरिएको,
सैनिक (पहिलो संशोधन) ऐन,2083को मस्यौदामा अदालतका फैसलाहरु समावेश गर्ने अनुरोध गर्देमिति २०८३/०४/२७ मा नेपाली सेना,प्रधानसेनापतिको कार्यालयमा पत्राचार गरिएको,
काठमाडौं-तराई/मधेश द्रुत मार्ग सडक आयोजनालाई सुचारू रुपमा सञ्चालन गर्न कार्यविधि तथा निर्देशिकाको व्यवस्था गर्न सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ क. बमोजिम काठमाडौं-तराई/मधेश द्रुत मार्ग सडक आयोजना सञ्चालन सम्बन्धी कार्यविधि/निर्देशिका बनाइदिन मिति 2083/०4/14 मा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अनुरोध गर्दै पत्राचार गरिएको,
सैनिक सेवा (सातौं संशोधन) नियमावली,२०८३को मस्यौदामा अर्थ मन्त्रालयबाट सकारात्मक राय प्राप्त भइसकेकोमा उक्त नियमावलीको नियम ५० समेत थप संशोधन गर्नेप्रस्ताव गरी तयार गरिएको मस्यौदा सहितको सक्कल फाइल तर्जुमा सहमतिको लागि मिति 2083/०4/1२ माकानून,न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको,
नेपाली सेनाका सैनिक व्यक्तिहरूको बढुवा,आयुक्त पद प्रदान, पदावधि थप, कार्यअवधि थप, राजिनामा स्वीकृत लगायत विषयमा कानूनी राय/परामर्श पेश गरिएको (10 वटा),
२.
मानवअधिकार अनुगमन तथा गुनासो व्यवस्थापन शाखा
हेलो सरकार पोर्टलमार्फत प्राप्त 17वटा गुनासोहरू गुनासो व्यवस्थापनकालागि नेपाली सेनामा पत्राचार गरिएकोमा २वटा गुनासोको जवाफ प्राप्त गरी हेलो सरकारमा पठाइएको। साथै गत आ.व. मा जवाफ प्राप्त हुन बाँकी ४५वटा गुनासोहरूका सम्बन्धमा समेत पुनः पत्राचार गरिएको,
हेलो सरकार बाहेक अन्य निकाय र व्यक्तिमार्फत प्राप्त 14 वटा उजुरी तथा गुनासोहरू नेपाली सेनामा पत्राचार गरिएकोमा 2 वटाको जवाफ प्राप्त गरी सम्बन्धित निकायमा पठाइएको,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रिय मानव अधिकार आयोगको निर्णय कार्यान्वयनका लागि सिफारिस भई आएका 3 वटा पत्रहरू नेपाली सेनामा पठाइएको साथै गत आ.व. का जवाफ प्राप्त हुन बाँकी 9 वटा पत्रहरूका सम्बन्धमा समेत पुनःपत्राचार गरिएको,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त 3 वटा उजुरीहरू नेपाली सेनामा पत्राचार गरिएको साथै गत आ.व. का जवाफ प्राप्त हुन बाँकी 18 वटा उजुरीहरूका सम्बन्धमा समेत पुनः पत्राचार गरिएको,
2082 भाद्र 23 र 24 गते GenZआन्दोलनमा भएको मानव अधिकार उल्लंघनका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको छानबिन समितिको निर्णयको कार्यान्वयनका सम्बन्धमा नेपाली सेनाबाट प्राप्त जवाफ राष्ट्रिय मानव अधिकार आयोग,केन्द्रीय कार्यालयमा पठाइएको,
नेपाली सेनाबाट प्राप्त 3 वटा जवाफ राष्ट्रिय मानव अधिकार आयोग,लुम्बिनी र कर्णाली प्रदेश कार्यालयलाई जानकारी गराइएको,
घ. व्यवस्थापन महाशाखा
सि.नं.
शाखाको नाम
शाखाबाट सम्पादित कार्यहरू
१.
आन्तरिक तथा अभिलेख व्यवस्थापन शाखा
VVIPउडान तथा हेली उद्धार (१२ पटक),सुरक्षा प्रबन्ध (२ पटक) तथा ड्रोन उडानको सहमति दिने सम्बन्धमा सम्बन्धित मन्त्रालय/निकायहरूसँग निरन्तर सहजीकरण गरिएको,
मन्त्रालयको चालु आ.व. २०८२/८३ को वार्षिक खरिद योजना स्वीकृत भएको,
आ.व. २०८२/८३ को जिन्सी निरीक्षणको कार्य सम्पन्न भई प्रतिवेदन प्राप्त भएको,
मसलन्द सामग्रीहरूको बोलपत्रको प्रक्रिया सुरू भएको (सूचना प्रकाशन),
मन्त्रालयमा चमेना गृह सञ्चालनको लागि सूचना प्रकाशन गरिएको,
सरसफाइकर्मीको म्याद थप गरिएको,
मन्त्रालयको नियमित उच्च व्यवस्थापन समूह बैठक मिति २०८३/०४/०५ गते र नियमित कर्मचारी बैठक मिति २०८३/०४/०६ गते सम्पन्न भएको,
२.
आर्थिक प्रशासन शाखा
नेपाली सेना तथा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन पठाइएको,
महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लिखित रक्षा मन्त्रालयसँग सम्बन्धित बेरुजुको जवाफ/प्रतिक्रिया मिति २०८३/०४/११ मा श्री सार्वजनिक लेखा समितिमा पठाइएको,
३.
खरिद व्यवस्थापन शाखा
विभिन्न 6 (छ) जलविद्युत आयोजना तथा १ (एक) औद्यौगिक उत्पादनका लागि आवश्यक विष्फोटक पदार्थको खरिद/आयात,ढुवानी, भण्डारण तथा व्यवस्थापन सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयमा राय/प्रतिक्रिया उपलब्ध गराउनुका साथै आवश्यक सहजीकरण गरिएको,
नेपाली सेनासँग सम्बन्धित विभिन्न सामग्री आयात गर्दा भन्सार महशुल छुटका लागि सम्बन्धित निकायहरूमा सिफारिस गरिएको संख्या ६ (छ),