प्रशासन महाशाखा
- निजामती कर्मचारीहरूको व्यक्तिगत अभिलेख राख्ने तथा अद्यावधिक गर्ने कार्य,
- निजामती कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवासम्बन्धी कार्य र मन्त्रालयमा आवश्यक्तानुसार करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी कार्य,
- स्वदेश तथा विदेशबाट प्राप्त छात्रवृत्ति/उच्च अध्ययन/तालिम/सेमिनार/गोष्ठी आदिमा निजामती र नेपाली सेनाका कर्मचारीहरूको छनौट/मनोनयन सम्बन्धी कार्य,
- नेपाली सेनामा नियुक्ति,पदस्थापना, सरुवा, पदोन्नति, पदावधि थप तथा राजिनामा सम्बन्धी कार्य,
- नेपाली सेना र अन्तर्गतका निकायहरूको संगठन तथा दरबन्दी संरचना सम्बन्धी कार्य,
- भर्ना छनौटमा कर्मचारी खटनपटन सम्बन्धी कार्य,
- कार्यालय सहयोगी र हलुका सवारी चालकको व्यवस्थापन सम्बन्धी कार्य,
- निजामती सेवा पुरस्कारको लागि निजामती कर्मचारीहरूको छनौट/मनोनयन गर्न आफ्नो राय सहित सचिव समक्ष पेश गर्ने कार्य,
- प्रशासकीय सुपरिवेक्षण, अनुगमन तथा मुल्यांकन सम्बन्धी कार्यहरू गर्ने/गराउने,
- नेपाल सरकारबाट भएका निर्यणहरू कार्यान्वयन गर्ने/गराउने,
- मन्त्रालय अन्तर्गत र नेपाली सेनाका सकल दर्जाहरूलाई विभूषण मनोनयन सम्बन्धी कार्य,
- सैनिक प्रतिष्ठान तथा तालिम संचालन सम्बन्धी कार्य,
- राष्ट्रिय सेवा दलको संगठन, प्रशासन र तालिम सम्बन्धी कार्य,
- जंगी अड्डाबाट प्राप्त हुने मानव संसाधन व्यवस्थापन विषयका अति गोप्य जाहेरी रिपोर्ट तथा प्रतिवेदनहरू र सोको आधारमा सम्बन्धित निकायहरूसँग समन्वय गर्ने कार्य,
- कर्मचारीहरूको दक्षता अभिवृद्धि सम्बन्धी कार्य,
- शासकीय सुधार सम्बन्धी सम्पूर्ण कार्य।
(क) कर्मचारी प्रशासन शाखा:
- निजामती कर्मचारीहरूको व्यक्तिगत अभिलेखहरू राख्ने तथा अद्यावधिक गर्ने कार्य,
- निजामती कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवा सम्बन्धी कार्य र मन्त्रालयमा आवश्यक्तानुसार सेवा करारमा कर्मचारी भर्ना सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गतका निजामती कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन र सम्पत्ति विवरण सम्बन्धी कार्य,
- मन्त्रालय र नेपाली सेनाको नियुक्ति,पदस्थापन,सरुवा,बढुवा एवं भर्ना छनौटमा कर्मचारी खटनपटन सम्बन्धी कार्य,
- मन्त्रालय, नेपाली सेना र अन्तर्गतका निकायहरूको संगठन तथा दरबन्दी संरचना सम्बन्धी कार्य,
- निजामती सेवा पुरस्कारको लागि मन्त्रालय र अन्तर्गत कार्यरत निजामती कर्मचारीहरूको मनोनयन सम्बन्धी कार्य गर्ने,
- विभूषणको लागि मन्त्रालय,अन्तर्गत र नेपाली सेनाका सकल दर्जाहरूलाई मनोनयन सम्बन्धी कार्य,
- प्रशासकीय सुपरिवेक्षण,अनुगमन तथा मुल्यांकन सम्बन्धी कार्यहरू गर्ने/गराउने,
- नेपाल सरकारबाट भएका निर्यणहरू कार्यान्वयन गर्ने/गराउने।
(ख) शासकीय सुधार तथा मानव संसाधन विकास शाखा:
- सैनिक प्रतिष्ठान तथा तालिम संचालन सम्बन्धी कार्य,
- राष्ट्रिय सेवा दलको संगठन,प्रशासन र तालिम सम्बन्धी कार्य,
- स्वदेश तथा विदेशबाट प्राप्त छात्रवृत्तिमा उच्च अध्ययन/तालिम/सेमिनार/गोष्ठी आदिमा नेपाली सेनाका कर्मचारीहरूको छनौट/मनोनयन सम्बन्धी कार्य,
- जंगी अड्डाबाट प्राप्त हुने मानव संसाधन व्यवस्थापन विषयका अति गोप्य जाहेरी रिपोर्ट तथा प्रतिवेदनहरू र सोको आधारमा सम्बन्धित निकायहरूसँग समन्वय गर्ने कार्य,
- कर्मचारी दक्षता अभिवृद्धिका लागि प्रशिक्षण सम्बन्धी कार्य,
- शासकीय सुधार सम्बन्धी सम्पूर्ण कार्य।