प्रशासन तथा शासकीय सुधार महाशाखा

  • निजामती कर्मचारीहरूको हाजिर रेकर्ड व्यवस्थापन, आचरण पालना, व्यक्तिगत अभिलेख राख्ने तथा अद्यावधिक गर्ने/गराउने कार्य,
  • निजामती कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवा, कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी कार्य र मन्त्रालयमा आवश्यकतानुसार करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी कार्य,
  • कर्मचारी खटनपटन/पदस्थापन/सरुवा/रमाना/अवकाश सम्बन्धी कार्य
  • स्वदेश तथा विदेशबाट प्राप्त उच्च अध्ययन/तालिम/सेमिनार/गोष्ठी आदि छात्रवृत्तिमा निजामती र नेपाली सेनाका कर्मचारीहरूको छनौट/मनोनयन सम्बन्धी कार्य,
  • नेपाली सेनामा नियुक्ति, पदस्थापना, सरुवा, पदोन्नति, पदावधि थप, राजीनामा स्वीकृति सम्बन्धी कार्य,
  • नेपाली सेना र अन्तर्गतका निकायहरूको संगठन तथा दरबन्दी संरचना सम्बन्धी कार्य,
  • भर्ना छनौटमा कर्मचारी खटनपटन सम्बन्धी कार्य,
  • निजामती सेवा पुरस्कार, उत्कृष्ट कर्मचारी पुरस्कारको लागि निजामती कर्मचारीहरूको छनौट/मनोनयन गर्न आफ्नो रायसहित सचिव समक्ष पेश गर्ने कार्य‚
  • प्रशासकीय सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यहरू गर्ने/गराउने,
  • नेपाल सरकारबाट भएका निर्णयहरू कार्यान्वयन गर्ने/गराउने कार्य,
  • मन्त्रालय अन्तर्गतका कर्मचारीहरू र नेपाली सेनाका सकलदर्जाहरूलाई पदक/विभूषणका लागि सिफारिस गर्ने सम्बन्धी कार्य,
  • सैनिक प्रतिष्ठान तथा तालिम सञ्चालन सम्बन्धी कार्यमा सहयोग र समन्वय,
  • राष्ट्रिय सेवा दलको संगठन, प्रशासन र तालिम सम्बन्धी कार्यमा सहयोग र समन्वय,
  • जङ्गी अड्डाबाट प्राप्त हुने मानव संसाधन व्यवस्थापन विषयका अति गोप्य जाहेरी रिपोर्ट तथा प्रतिवेदनहरू र सोको आधारमा सम्बन्धित निकायहरूसँग समन्वय गर्ने कार्य,
  • राष्ट्रिय सेवा दल र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको फोकल महाशाखाका रूपमा कार्य गर्ने,
  • कर्मचारीहरूको दक्षता अभिवृद्धिसम्बन्धी कार्य,
  • शासकीय सुधार तथा सचिव बैठकको निर्णय कार्यान्वयन र प्रतिवेदन सम्बन्धी कार्य,
  • व्यवस्थापन परीक्षण सम्बन्धी कार्य,
  • रक्षा मन्त्रालय, नेपाली सेना तथा राष्ट्रिय सुरक्षा परिषद्सँग सम्बन्धित ऐन कानूनहरूको तर्जुमा, संशोधन तथा सुधारको लागि मस्यौदा तयार गर्ने तथा कानूनी परामर्श सम्बन्धी कार्य,
  • राष्ट्रिय सुरक्षा नीति तर्जुमा सम्बन्धमा कानूनी पक्षबाट हेर्ने कार्य,
  • रक्षा मन्त्रालयलाई विपक्षी बनाइएका रिट निवेदनमा लिखित जवाफ तयार गर्ने कार्य,
  • आवश्यकता अनुसार नेपाली सेनाको बढुवा तथा म्याद थप र अन्य विषयमा कानूनी परामर्श प्रदान गर्ने कार्य,
  • राजपत्रमा प्रकाशित हुने सूचनाको मस्यौदा तयार गर्ने कार्य,
  • सैनिक अदालतका फैसलाहरू सदर गर्ने तथा सैनिक अदालत बोलाउने विषयको निर्देशन सम्बन्धी कार्य,
  • मन्त्रालयसम्बद्ध द्विपक्षीय, बहुपक्षीय सन्धि सम्झौता सहमति (MOU, Agreement) को मस्यौदा गर्ने कार्य,
  • सैनिक विशेष अदालत र सैनिक अनुसन्धान समितिबीचको समन्वय तथा सहजीकरण सम्बन्धी कार्य,
  • मन्त्रालयलाई आवश्यक पर्ने कानून, तथा कानूनी लिखित र सन्धिको अनुवादमा सहयोग गर्ने कार्य,
  • सैनिक कल्याणकारी योजनाका विषयमा कानूनी परामर्श दिने कार्य,
  • नेपाली सेना प्राड विवाकसँग सम्बन्धित अन्य कार्य,
  • अदालतबाट भएका फैसलाहरू कार्यान्वयन गर्न लगाउने, त्यसको प्रतिवेदन गर्ने र सोको अनुगमन गर्ने कार्य,
  • गुनासो व्यवस्थापनसम्बन्धी कार्य,
  • नेपाली सेना सम्बन्धमा परेका उजुरी, सिकायत सम्बन्धी कार्यहरूमा आफ्नो राय सुझाव सहित सचिव समक्ष पेश गर्ने कार्य,
  • मन्त्रालय र अन्तर्गत निकायहरूबाट कानूनी राय माग भएका विषयमा राय उपलव्ध गराउने कार्य,
  • नेपाल पक्ष भएका मानव अधिकारका विषय गाँसिएको महासन्धि सम्बन्धी कार्य,
  • मानवीय कानून लगायतका सबै जेनेभा महासन्धिसँग सम्बन्धित कार्य,
  • मानव अधिकार आयोगका निर्णय कार्यान्वयन सम्बन्धी कार्य,
  • संयुक्त राष्ट्र संघ र सो अन्तर्गतका निकाय तथा अन्य निकायमा पठाउनु पर्ने आवधिक प्रतिवेदनको तयारी सम्बन्धी कार्य,
  • संयुक्त राष्ट्रसंघमा शान्ति सेनामा सहभागी हुने सैनिक व्यक्तिको मानव अधिकार र मानवीय कानून विषयको मुल्याङ्कन सम्बन्धी कार्य,
  • नेपाली सेनामा मानव अधिकार र मानवीय कानून प्रवर्धनका लागि तालिम, गोष्ठी, सेमिनार आदि सञ्चालन तथा अनुगमन सम्बन्धी कार्य,
  • मानव अधिकारसम्बन्धी अभिलेख राख्ने कार्य,
  • नेपाली सेना, मानव अधिकार निर्देशनालय सम्बन्धी कार्य,
  • नेपाली सेनाले गरेका मानवअधिकार प्रवर्धन एवं संरक्षण सम्बन्धी कामको अनुगमन निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी कार्य,
  • राष्ट्रिय मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग/सचिवालय (UNOHCHR and UNHCR) सँग समन्वय, प्रतिवेदन तथा ती संस्थाबाट औँल्याइएका मानव अधिकार उल्लङ्घन विषयको अनुगमन सम्बन्धी कार्य,
  • मानव अधिकार तथा मानवीय कानूनहरूको अध्ययन, अनुमोदन तथा परिमार्जन सम्बन्धी कार्य,
  • नेपाल पक्ष भएका विषयसँग सम्बन्धित मानव अधिकार अभिसन्धिहरूको कार्यान्वयनको अनुगमन तथा संयोजन सम्बन्धी कार्य‚
  • नेपाली सेना सम्बन्धमा परेका मानव अधिकार उल्लङ्घन सम्बन्धी उजुरी‚ सिकायत सम्बन्धी कार्य‚
  • विभिन्न निकायबाट माग भई आएअनुसार प्रतिनिधि खटाउने कार्य।

क. प्रशासन शाखा

  • निजामती कर्मचारीहरूको हाजिर रेकर्ड व्यवस्थापन, व्यक्तिगत अभिलेखहरू राख्ने तथा अद्यावधिक गर्ने सम्बन्धी कार्य,
  • कर्मचारीको आचरण पालना तथा कर्मचारीको उजुरी तथा गुनासो सम्बन्धी कार्य,
  • निजामती कर्मचारीको नियुक्ति, पदस्थापन, सरुवा, रमाना, अवकाशसम्बन्धी कार्य र मन्त्रालयमा आवश्यकतानुसार सेवा करारमा कर्मचारी भर्ना सम्बन्धी कार्य,
  • मन्त्रालय र अन्तर्गतका निजामती कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन र सम्पत्ति विवरण सम्बन्धी कार्य,
  • व्यवस्थापन परीक्षण सम्बन्धी कार्य,
  • नेपाली सेनाको अधिकृत तहमा नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, पदावधि थप, राजीनामा स्वीकृति एवं भर्ना छनौटमा कर्मचारी खटनपटन सम्बन्धी कार्य,
  • मन्त्रालय, नेपाली सेना र अन्तर्गतका निकायहरूको संगठन तथा दरबन्दी संरचना सम्बन्धी कार्य,
  • निजामती सेवा पुरस्कारको लागि मन्त्रालय र अन्तर्गत कार्यरत निजामती कर्मचारीहरूको मनोनयन सम्बन्धी कार्य तथा उत्कृष्ट कर्मचारी छनौटसम्बन्धी कार्य,
  • विभूषणको लागि मन्त्रालय र अन्तर्गत तथा नेपाली सेनाका सकलदर्जाहरूको मनोनयन/सिफारिस सम्बन्धी कार्य,
  • प्रशासकीय सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यहरू गर्ने/गराउने,
  • नेपाल सरकारबाट भएका निर्णयहरू कार्यान्वयन गर्ने/गराउने,
  • सचिव तथा महाशाखा प्रमुखबाट तोकिएका, अधिकार प्रत्यायोजन भएका कार्यहरू।

ख. शासकीय सुधार तथा जनशक्ति विकास शाखा

  • मन्त्रालयका कर्मचारीहरूको लागि क्षमता विकास सम्बन्धी तालिम/प्रशिक्षण सञ्चालन सम्बन्धी कार्य,
  • शासकीय सुधार तथा जनशक्ति-योजनासम्बन्धी कार्यहरू,
  • मन्त्रालयको कार्यसम्पादनमा सुधार र सेवा प्रक्रियामा सुधार (Business Process Re-engineering) सम्बन्धी कार्यहरू,
  • सैनिक प्रतिष्ठानद्वारा सञ्चालन हुने तालिममा आवश्यक समन्वय र सहजीकरण गर्ने सम्बन्धी कार्य,
  • राष्ट्रिय सेवा दलद्वारा सञ्चालन हुने तालिममा आवश्यक समन्वय र सहजीकरणसम्बन्धी कार्य,
  • नेपाल सरकारलाई स्वदेशी तथा विदेशी संस्थाहरूबाट प्राप्त हुने छात्रवृत्ति/उच्च अध्ययन/तालिम/सेमिनार/गोष्ठी आदिमा निजामती कर्मचारीहरू तथा सैनिक सकलदर्जाको छनौट/मनोनयन/राहदानी तथा प्रवेशाज्ञा (Visa) एवं विदेशी मुद्रा सटही सुविधा सिफारिस सम्बन्धी कार्य,
  • वैदेशिक मनोनयनका सम्बन्धमा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय लगायतका निकायसँग समन्वय सम्बन्धी कार्यहरू
  • नेपाली सेनाको मानव संसाधनको क्षमता विकाससम्बन्धी विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गर्ने कार्य,
  • नेपाली सेना अन्तर्गतका कलेज, शैक्षिक तथा तालिम प्रतिष्ठानमा अध्ययन/तालिम गर्न आउने विदेशी शिक्षार्थीहरूका निम्ति प्रवेशाज्ञासम्बन्धी कार्य,
  • सचिव तथा महाशाखा प्रमुखबाट तोकिएका, अधिकार प्रत्यायोजन भएका कार्यहरू।

ग. कानून, फैसला कार्यान्वयन तथा मानव अधिकार शाखा

  • रक्षा मन्त्रालय, नेपाली सेना तथा राष्ट्रिय सुरक्षा परिषद्सँग सम्बन्धित ऐन कानूनहरूको तर्जुमा, संशोधन तथा सुधारको लागि मस्यौदा तयार गर्ने तथा कानूनी परामर्श सम्बन्धी कार्य,
  • रक्षा मन्त्रालयलाई विपक्षी बनाइएका रिट निवेदनमा लिखित जवाफ तयार गर्ने कार्य,
  • आवश्यकता अनुसार नेपाली सेनाको बढुवा, म्याद थप र अन्य विषयमा कानूनी परामर्श प्रदान गर्ने कार्य,
  • राजपत्रमा प्रकाशित हुने सूचनाको मस्यौदा तयार गर्ने कार्य,
  • सैनिक अदालतका फैसलाहरू सदर गर्ने तथा सैनिक अदालत बोलाउने विषयको निर्देशन सम्बन्धी कार्य,
  • द्विपक्षीय, बहुपक्षीय सन्धि सम्झौता सहमति (MOU, Agreement) को मस्यौदा गर्ने कार्य,
  • सैनिक विशेष अदालत र सैनिक अनुसन्धान समितिबीच समन्वय तथा सहजीकरण सम्बन्धी कार्य,
  • मन्त्रालयलाई आवश्यक पर्ने कानून, तथा कानूनी लिखित र सन्धिको अनुवादमा सहयोग गर्ने कार्य,
  • सैनिक कल्याणकारी योजनाका विषयमा कानूनी परामर्श दिने कार्य,
  • नेपाली सेना प्राड विवाकसँग सम्बन्धित अन्य कार्य,
  • अदालतबाट भएका फैसलाहरू कार्यान्वयन गर्न लगाउने, त्यसको प्रतिवेदन गर्ने र सोको अनुगमन गर्ने कार्य,
  • सेवाग्राहीको गुनासो व्यवस्थापन/सम्बोधन सम्बन्धी कार्य,
  • नेपाली सेना सम्बन्धमा परेका उजुरी, सिकायत सम्बन्धी कार्यहरूमा आफ्नो राय सुझाव सहित सचिव समक्ष पेश गर्ने कार्य,
  • मन्त्रालयका अन्य महाशाखा तथा शाखाहरू एवं जंगी अड्डाबाट कानूनी राय माग भएका विषयमा राय उपलव्ध गराउने कार्य,
  • नेपाल पक्ष भएको मानव अधिकारका विषय गाँसिएको महासन्धि सम्बन्धी कार्य,
  • मानवीय कानून लगायतका सबै जेनेभा महासन्धिसँग सम्बन्धित कार्य,
  • मानव अधिकार आयोगका निर्णय कार्यान्वयन सम्बन्धी कार्य,
  • संयुक्त राष्ट्र संघ लगायतका निकायमा पठाउनु पर्ने आवधिक प्रतिवेदनको तयारी सम्बन्धी कार्य,
  • संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा सहभागी हुने सैनिक व्यक्तिको मानव अधिकार र मानवीय कानून विषयको मूल्याङ्कन सम्बन्धी कार्य,
  • नेपाली सेनामा मानव अधिकार संरक्षण र मानवीय कानून प्रवर्धनका लागि तालिम, गोष्ठी, सेमिनार आदि सञ्चालन तथा यस सम्बन्धमा नेपाली सेनाबाट भएका कार्यहरूको अनुगमन सम्बन्धी कार्य,
  • मानव अधिकार सम्बन्धी अभिलेख राख्ने कार्य,
  • नेपाली सेना, मानव अधिकार निर्देशनालय सम्बन्धी कार्य,
  • मानव अधिकारसँग गाँसिएका महासन्धिहरूको अनुमोदन, हस्ताक्षर तथा कार्यान्वयनको अनुगमन सम्बन्धी कार्य,
  • राष्ट्रिय मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग/सचिवालय (UNOHCHR and UNHCR) सँग समन्वय, प्रतिवेदन तथा ती संस्थाबाट औँल्याइएका मानव अधिकार उल्लङ्घन विषयको अनुगमन सम्बन्धी कार्य,
  • मानव अधिकार तथा मानवीय कानूनहरूको अध्ययन, अनुमोदन तथा परिमार्जन सम्बन्धी कार्य,
  • नेपाल पक्ष भएका विषयसँग सम्बन्धित मानव अधिकार अभिसन्धिहरूको कार्यान्वयनको अनुगमन तथा संयोजन सम्बन्धी कार्य‚
  • सचिव तथा महाशाखा प्रमुखबाट तोकिएका, अधिकार प्रत्यायोजन भएका कार्यहरू