NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा चतुर्थी - १९

सूचना

प्रमुख कार्यक्षेत्र

रक्षा मन्त्रालयले नेपाल सरकार (मन्त्रिपरिषद्) र नेपाली सेनाको व्यवस्थापन तहबीच संयोजनकारी र समन्वयकारी भूमिका निर्वाह गर्दछ भने नागरिक र सेनाबीचको सम्बन्धलाई प्रभावकारी बनाउने जस्ता दायित्व पनि पूरा गर्दछ । राष्ट्रको सुरक्षा एवं प्रतिरक्षासम्बन्धी नीति¸रणनीतिहरूको तर्जुमा र तिनको कार्यान्वयन¸ व्यवस्थापन, अनुगमन, नियन्त्रण तथा निर्देशन गर्ने कर्तव्य पूरा गरी नेपाली सेनालाई देश र जनताको हितमा प्रभावकारी तवरले परिचालन गर्ने दायित्व यस मन्त्रालयको रही आएको छ। नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ ले रक्षा मन्त्रालयलाई मूलत: राष्ट्रिय सुरक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन तथा नेपाली सेना सम्बन्धी सम्पूर्ण विषयको नीतिगत पक्ष, व्यवस्थापन, समन्वय र सहजीकरण, अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा समन्वय लगायतका कार्य जिम्मेवारी निर्धारण गरेको छ। साथै, यस मन्त्रालयले सम्प्रति ९६,९०२ को संख्यामा रहेका सैन्य फौजको कानूनी, प्रशासनिक, आर्थिक तथा बन्दोबस्तीजन्य व्यवस्थापकीय पक्षको नीतिगत निर्णय, अन्तर-मन्त्रालय समन्वय र सहजीकरण, सेनाका सम्बन्धमा मन्त्रिपरिषदबाट निर्णय हुनुपर्ने विषयहरूको प्रस्ताव गर्नुका अतिरिक्त सरकारको तर्फबाट भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनको जिम्मेवारी पनि वहन गर्दछ।
नेपाल सरकार (कार्य विभाजन) नियमावली,२०७४ अनुसार रक्षा मन्त्रालयको कार्यक्षेत्र देहाय बमोजिम रहेको छ ।
१. राष्ट्रिय सुरक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
२. राष्ट्रिय तथा रणनीतिक सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्लेषण, सञ्चार प्रणाली एवं सञ्जाल स्थापना, सञ्चालन र व्यवस्थापन
३. राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा क्षेत्र सुधार
४. अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा समन्वय
५. सीमाक्षेत्र सम्बन्धी सूचना सङ्कलन, विश्लेषण तथा उपयोग
६. नेपाली सेना गठन तथा परिचालन सम्बन्धी नीति, रणनीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, नियन्त्रण र नियमन
७. सैनिक ब्यारेक तथा कार्यालय व्यवस्थापन
८. सैनिक अधिकृत तथा जवानको अनुशासन, सेवाका सर्त, सैनिक तालिम तथा सुविधा
९. सैनिक प्रतिष्ठापन (इन्स्टलेसन) र सञ्चार तथा यातायात
१०. हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थ र असबाब उत्पादन र प्रयोग, सो सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, नियन्त्रण तथा सिलखाना
११. सैनिक भण्डार
१२. सैनिक हातहतियार तथा सामग्री खरिद र उत्पादन
१३. नेपाली सैनिक विमान सेवा
१४. सैनिक गुप्तचर विभाग
१५. सैनिक निर्माणशाला
१६. बारुदी सुरुङ निष्प्र भावीकरण सम्बन्धी नीति, कार्यान्वयन र समन्वय
१७. राष्ट्रिय सेवादलको सङ्गठन, तालिम र प्रशासन
१८. विकास कार्य र विपद् उद्धार कार्यमा सहयोग
१९. सैनिक अस्पताल, सैनिक कल्याण र सैनिक कल्याणकारी योजना
२०. राष्ट्रिय निकुञ्जय,वन्यजन्तु आरक्ष र महत्वपूर्ण राष्ट्रिय सम्पदा तथा स्मारकको सुरक्षा
२१. अन्तर्राष्ट्रिय शान्ति प्रवर्द्धनमा सहयोग
२२. मन्त्रालय सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय