सैनिक प्रबन्ध तथा समन्वय महाशाखा
- मन्त्रालय अन्तर्गत निजामती तर्फका कर्मचारीहरूको तलबी प्रतिवेदन‚ पेन्सन‚ उपदान तथा कर्मचारीहरूको हित‚ प्रोत्साहन सम्बन्धी कार्य‚
- मन्त्रालयको मूल दर्ता चलानीसम्बन्धी कार्य,
- स्टाफ बैठक तथा SMT बैठक सञ्चालन/व्यवस्थापन सम्बन्धी कार्य,
- जिन्सी नगद‚ मालसामान उपलब्धि‚ सञ्चय र वितरणसम्बन्धी कार्य‚
- पुस्तकालय‚ Help Desk सञ्चालन/व्यवस्थापन सम्बन्धी कार्य‚
- मन्त्रालय भवनको मर्मत सम्भार‚ सुरक्षा‚ सरसफाइको व्यवस्थापनसम्बन्धी कार्य‚
- जिन्सी निरीक्षण एवं पुराना सामानहरू लिलाम गर्ने कार्य‚
- मन्त्रालयबाट आयोजना गरिने सभा‚ सम्मेलन‚ समारोह‚ बैठक आदिको व्यवस्थापन सम्बन्धी कार्य‚
- मन्त्रालयका कर्मचारीहरूका लागि सवारी साधन तथा चालक व्यवस्थापन सम्बन्धी कार्य‚
- सैनिक कर्मचारीहरूको औषधोपचार र निवृत्तभरण सम्बन्धी नीतिगत कार्य,
- अति विशिष्ट व्यक्तिहरूको सुरक्षा र त्यसको समन्वय सम्बन्धी कार्य,
- अति विशिष्ट व्यक्तिहरूको सैनिक जहाज उपयोग व्यवस्थापन सम्बन्धी कार्य,
- सुत्केरी, घाइते, दुर्घटनामा परेका तथा विपद् प्रभावितहरूको हवाई उद्धारका लागि नेपाली सेनासँग समन्वयन गर्ने कार्य,
- नेपाली सैनिक विमान सेवा (चार्टर सेवा समेत) सम्बन्धी समन्वय र व्यवस्थापन सम्बन्धी कार्य,
- मन्त्रालय तथा नेपाली सेनाको सम्पति (चल अचल) को विवरण तयार गरी अद्यावधिक र अभिलेखबद्ध गर्ने, डिजिटलाइज्ड गर्ने/गराउने कार्य‚
- नेपाली सेनाको लागि आवश्यक जग्गा अधिग्रहण‚ भोगाधिकार तथा जग्गा उपलब्ध गराउने तथा EIA स्वीकृति सम्बन्धी कार्यहरू गर्ने/गराउने,
- नेपाली सेनाको लागि बन्दोबस्ती तथा रासनको व्यवस्था गर्ने/गराउने सम्बन्धी कार्य‚
- चाँदमारी क्षेत्रहरूको लगत/ रेकर्ड व्यवस्थित राख्ने कार्य‚
- सिलखाना व्यवस्थापन सम्बन्धी कार्य‚
- सैनिक प्रयोजनका नाप नक्सा‚ हवाई सर्वेक्षण सम्बन्धी कार्य‚
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षा सम्बन्धी कार्य र नीतिहरू तर्जुमा गर्ने कार्य‚
- राष्ट्रिय सुरक्षा खरखजाना एवं विस्फोटक पदार्थहरूको नीतिगत व्यवस्थापन सम्बन्धी कार्य‚
- नेपाली सेनाले सञ्चालन गरेका उद्योग व्यवस्थापन सम्बन्धी कार्य‚
- मन्त्रालय र अन्तर्गत नेपाली सेनाको लागि विनियोजित बजेटको अख्तियारी, निकासा रोक्का तथा फुकुवा सम्बन्धी कार्य‚
- मन्त्रालय र अन्तर्गत नेपाली सेनाको लागि नियमित बजेट माग, परिचालन, विनियोजित बजेटको अख्तियारी, निकासा रोक्का तथा फुकुवा, समन्वय र रकमान्तर सम्बन्धी कार्य‚
- मन्त्रालयको केन्द्रीय तथा कार्य सञ्चालन स्तरको लेखासम्बन्धी कार्य‚
- सार्वजनिक लेखा समिति र बेरुजु फर्छ्यौट सम्बन्धी कार्य‚
- आर्थिक व्यवस्थापन सम्बन्धी नीति तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य‚
- जग्गाका मुआब्जा‚ राहत तथा क्षतिपूर्ति सम्बन्धमा आर्थिक व्यवस्थापन सम्बन्धी कार्य‚
- मन्त्रालय र अन्तर्गत निकायहरूको आर्थिक प्रशासनको नियन्त्रण‚ अनुगमन सम्बन्धी कार्य‚
- आर्थिक विवरण तयार गर्ने कार्य‚
- रक्षा मन्त्रालय र अन्तर्गत निकायहरूमा सञ्चालित विभिन्न कोषहरूको परिचालन‚ वित्तीय व्यवस्थापनका सन्दर्भमा मन्त्रालयको सम्बन्धित शाखासँग समन्वय गरी नियन्त्रण‚ अनुगमन तथा समन्वय सम्बन्धी कार्य‚
- नेपाली सेनाको लागि तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन सैनिक सामग्रीहरू उत्पादन/आपूर्ति नीति (Defence Equipment Production/Supply Policy), योजना तथा कार्यक्रम सम्बन्धी कार्य‚
- सैनिक उपकरण व्यवस्थापन नीति (Military Equipment Management Policy) र वार्षिक सामानहरूको आपूर्ति सम्बन्धी नीति नियम र जगेडा परिमाण नीति (Stocking Policy), आपूर्ति व्यवस्थापन (हेभी इक्युपमेण्ट सवारी साधन तथा मेसिनरी औजार सेनाको लागि तत्काल र नियमित आपूर्ति भइरहनु पर्ने बाहेकका नियन्त्रित तथा अनियन्त्रित सामानहरू) सम्बन्धी योजना स्वीकृति र प्राप्ति सम्बन्धी कार्य‚
- सैनिक सामग्रीहरूको उत्पादन, व्यवस्थापन, खरिद र आपूर्ति सम्बन्धी कार्यमा सहयोग, समन्वय र सहजीकरण‚
- कन्ट्रोल आइटम भन्सार छुट‚ विदेशी मुद्रा सटही‚ मूल्य अभिवृद्धि कर छुटको सम्बन्धमा समन्वय तथा सहजीकरण सम्बन्धी कार्य‚
- विकास निर्माण कार्यमा उपयोग हुने विस्फोटक पदार्थ उपलब्ध गराउने कार्यमा आवश्यक समन्वय, सहजीकरण र नियमन सम्बन्धी कार्य,
- विभिन्न निकायहरूबाट माग भएबमोजिम ड्रोन सञ्चालन गर्न राय/सहमति दिने सम्बन्धी कार्य,
- मन्त्रालयबाट सम्पादन गर्नुपर्ने अन्य भैपरि आउने कार्य
क. प्रबन्ध तथा खरिद व्यवस्थापन शाखा
- मन्त्रालय अन्तर्गत निजामती तर्फका कर्मचारीहरूको तलबी प्रतिवेदन‚ पेन्सन‚ उपदान तथा कर्मचारीहरूको हित‚ प्रोत्साहन सम्बन्धी कार्य‚
- विभिन्न विषयमा आन्तरिक सूचना र परिपत्र गर्ने सम्बन्धी कार्य,
- दर्ता चलानी फाँटको सञ्चालन र सहायता कक्ष (Help Desk) व्यवस्थापन सम्बन्धी कार्य‚
- स्टोर तथा पुस्तकालय सञ्चालनसम्बन्धी कार्य,
- मन्त्रालय भवनको मर्मत सम्भार‚ सुरक्षा‚ सरसफाइको व्यवस्थापन सम्बन्धी कार्य‚
- अति विशिष्ट व्यक्तिहरूको सुरक्षा र त्यसको समन्वय सम्बन्धी कार्य,
- कार्यालय सामान खरिद व्यवस्थापन सम्बन्धी कार्य,
- जिन्सी निरीक्षण एवं पुराना सामानहरू लिलाम गर्ने कार्य‚
- मन्त्रालयबाट आयोजना हुने सभा‚ सम्मेलन‚ समारोह‚ बैठक आदिको व्यवस्थापन सम्बन्धी कार्य‚
- सवारी साधन व्यवस्थापन सम्बन्धी कार्य‚
- अति विशिष्ट व्यक्तिहरूको सुरक्षा र त्यसको समन्वय सम्बन्धी कार्य,
- अति विशिष्ट व्यक्तिहरूलाई सैनिक जहाज उपयोग सम्बन्धी व्यवस्थापकीय कार्य,
- नेपाली सैनिक विमान सेवा (चार्टर सेवा समेत) सम्बन्धी समन्वय र व्यवस्थापन कार्य,
- मन्त्रालय तथा नेपाली सेनाको सम्पत्ति (चल अचल) को विवरण तयार गरी अभिलेखबद्ध र अद्यावधिक गर्ने तथा आवश्यकतानुसार डिजिटलाइज्ड गर्ने कार्य‚
- नेपाली सेनाका लागि जग्गा अधिग्रहण‚ भोगाधिकार तथा जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यहरू गर्ने/गराउने
- नेपाली सेनाको लागि आवश्यक बन्दोबस्तीका सामान र रासनको व्यवस्था गर्ने/गराउने कार्य‚
- चाँदमारी क्षेत्रहरूको लगत/ रेकर्ड व्यवस्थित राख्ने कार्य‚
- सिलखाना व्यवस्थापन सम्बन्धी कार्य‚
- सैनिक नाप नक्सा‚ हवाई सर्वेक्षण सम्बन्धी कार्य‚
- राष्ट्रिय निकुञ्ज तथा वन्जन्तु आरक्षको सुरक्षा सम्बन्धी कार्य र नीतिहरू तर्जुमा गर्ने कार्य‚
- राष्ट्रिय सुरक्षा खरखजाना एवं विस्फोटक पदार्थहरूको नीतिगत व्यवस्थापन सम्बन्धी कार्य‚
- नेपाली सेनाले सञ्चालन गरेका उद्योग व्यवस्थापन सम्बन्धी कार्य‚
- मुलुकको अन्तर्राष्ट्रिय सीमासम्बन्धी दस्तावेजहरूको अभिलेख राख्ने कार्य।
- सैनिक उपकरण व्यवस्थापन नीति (Military Equipment Management Policy) र वार्षिक सामानहरूको आपूर्ति सम्बन्धी नीति नियम र जगेडा परिमाण नीति (Stocking Policy) आपूर्ति व्यवस्थापन (हेभी इक्युपमेण्ट सवारी साधन तथा मेसिनरी औजार, सेनाको लागि तत्काल र नियमित आपूर्ति भइरहनु पर्ने बाहेकका नियन्त्रित तथा अनियन्त्रित सामानहरू) सम्बन्धी योजना स्वीकृति र प्राप्ति सम्बन्धी कार्य‚
- नेपाली सेनाको लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सैनिक सामग्रीहरू उत्पादन/आपूर्ति नीति (Defence Equipment Production/Supply Policy), योजना तथा कार्यक्रम सम्बन्धी कार्य‚
- सैनिक सामग्रीहरूको उत्पादन र व्यवस्थापन सम्बन्धी मन्त्रालयबाट गरिने अन्य कार्यहरू‚
- विकास निर्माण कार्यमा उपयोग हुने विस्फोटक पदार्थ उपलब्ध गराउने कार्यमा आवश्यक समन्वय, सहजीकरण र नियमन सम्बन्धी कार्य,
- सुरक्षा संवेनदशील क्षेत्रमा ड्रोन उडान मार्फत हुने छायाङ्कनका लागि स्वीकृति/राय सुझाव प्रदान गर्ने तथा तत्सम्बन्धी कार्यको अनुगमन गर्ने/गराउने सम्बन्धी कार्य,
- कन्ट्रोल आइटममा भन्सार महसुल छुट‚ विदेशी मुद्रा सटही सुविधा‚ मूल्य अभिवृद्धि कर छुटको सम्बन्धमा समन्वय तथा सहजीकरण सम्बन्धी कार्य‚
- मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयन तथा अनुगमनसम्बन्धी कार्य,
- मन्त्रालयबाट सम्पादन गर्नुपर्ने अन्य भैपरी आउने कार्य।
- सचिव तथा महाशाखा प्रमुखबाट तोकिएका, अधिकार प्रत्यायोजन भएका कार्यहरू,
ख. आर्थिक प्रशासन शाखा
- मन्त्रालय, नेपाली सेना र सो अन्तर्गतका निकायका लागि विनियोजित बजेटको अख्तियारी दिने‚ अख्तियारी तथा निकासा रोक्का तथा फुकुवा सम्बन्धी कार्य‚
- मन्त्रालय, नेपाली सेना र सो अन्तर्गतका निकायको लागि नियमित बजेट माग, परिचालन र समन्वय, तथा रकमान्तर सम्बन्धी कार्य‚
- मन्त्रालयको केन्द्रीय तथा कार्य सञ्चालनस्तरको लेखासम्बन्धी कार्य‚
- सार्वजनिक लेखा समिति र बेरुजु फर्छ्यौट सम्बन्धी कार्य‚
- अन्य शाखाहरूसँग समेत समन्वय गरी मन्त्रालयको आर्थिक व्यवस्थापन सम्बन्धी नीति तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य‚
- रक्षा मन्त्रालय र अन्तर्गत निकायहरूमा सञ्चालित विभिन्न कोषहरूको परिचालन‚ वित्तीय व्यवस्थापनका सन्दर्भमा मन्त्रालयको सम्बन्धित शाखासँग समन्वय गरी नियन्त्रण‚ अनुगमन तथा समन्वय सम्बन्धी कार्य‚
- जग्गाका मुआब्जा‚ राहत तथा क्षतिपूर्ति सम्बन्धी कामको रकम वितरण तथा आर्थिक व्यवस्थापन सम्बन्धी कार्य‚
- मन्त्रालय र अन्तर्गत निकायहरूको आर्थिक प्रशासनको नियन्त्रण‚ अनुगमन सम्बन्धी कार्य‚
- महाशाखा/शाखाबाट आर्थिक दायित्व सिर्जना हुने विषयमा राय माग गरिएको अवस्थामा प्रचलित आर्थिक कानूनको आधारमा राय/सुझाव प्रदान गर्ने सम्बन्धी कार्य,
- आर्थिक विवरण तयार गर्ने कार्य,
- मास्केवारी प्रतिवेदन निर्माण सम्बन्धी कार्य,
- महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका निकायसँग समन्वय सम्बन्धी कार्य,
- सचिव तथा महाशाखा प्रमुखबाट तोकिएका, अधिकार प्रत्यायोजन भएका कार्यहरू।