नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा
- राष्ट्रिय सुरक्षा नीति (National Security Policy) तथा प्रतिरक्षा नीति (Defence Policy) तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन सम्बन्धी कार्य,
- मन्त्रालय तथा अन्तर्गत निकायको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा र स्वीकृति, आन्तरिक बजेट सिलिङ निर्धारण, MTEF तर्जुमा सम्बन्धी कार्य,
- मन्त्रालय तथा अन्तर्गतका योजना तर्जुमा/कार्यान्वयन/अनुगमन/मूल्याङ्कन तथा परियोजना बैङ्कसम्बन्धी कार्य,
- त्रैमासिक तथा वार्षिक समीक्षा बैठक आयोजना तथा त्यसमा प्रस्तुत गर्नुपर्ने विषयको तयारी सम्बन्धी कार्य,
- नीति तथा कार्यक्रमहरू, बजेटमा समावेश गर्नुपर्ने विषयहरू तथा आर्थिक सर्वेक्षणमा सनावेश गर्नुपर्ने विषयहरू, नेपालको संविधानको धारा ५३ बमोजिमको प्रगति विवरण तयार गर्ने कार्य,
- मन्त्रालय र अन्तर्गत निकायबाट सञ्चालित कार्यक्रम, नीति तथा बजेट वक्तव्यको मासिक, द्वैमासिक, त्रैमासिक तथा वार्षिक प्रगति प्रतिवेदन तथा वार्षिक कार्ययोजना/माइलस्टोनको प्रगति तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने सम्बन्धी कार्य,
- मन्त्रालयस्तर तथा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेश गर्नुपर्ने विषय सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गत निकायबाट सञ्चालन हुने विकास आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (DPR) र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) स्वीकृति/संशोधन सम्बन्धी कार्य,
- मन्त्रालय अन्तर्गत सञ्चालित विकास निर्माण आयोजना सम्बद्ध समिति/कार्यदलको बैठकमा प्रतिनिधित्व तथा विकास आयोजनाहरूको फोकल महाशाखा (Focal Unit) का रूपमा कार्य गर्ने,
- कल्याणकारी कोषको अनुगमन, समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- सोल्जर वोर्ड (भारत) तथा ब्रिटिस-गोर्खा वेलफेयर कोअर्डिनेशन कमिटी र पेन्सन क्याम्पहरूको व्यवस्थापनमा सहयोग पुर्याउने, स्वदेशी तथा विदेशी पेन्सनियर र भूतपूर्व सैनिक संगठन सम्बन्धी कार्य,
- सैनिक कल्याणकारी योजना, मन्त्रालय र अन्तर्गतका योजना/कार्यक्रमहरू प्रस्ताव एवं स्वीकृति, कार्यान्वयन तथा अनुगमन सम्बन्धी कार्य,
- सैन्य रणनीति तथा कार्य योजना तर्जुमा विश्लेषण तथा अनुसन्धान सम्बन्धी कार्य,
- सैनिक अस्पतालहरूको सञ्चालन/व्यवस्थापन सम्बन्धी नीतिगत कार्य,
- सञ्चालित विकास कार्यक्रम/आयोजनाको अनुगमन सम्बन्धी कार्य,
- अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा समन्वय सम्बन्धी कार्य,
- नेपाली सेनाको आधुनिकीकरण, क्षमता सुदृढीकरणका लागि आवश्यक समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका क्षेत्रमा निर्मित नीति/रणनीति तथा कार्ययोजनाहरूको अभिलेख राख्ने कार्य,
- संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी हुने नेपाली सेनाको प्रभावकारिता र आधुनिकीकरण सम्बन्धी कार्य‚
- संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी हुने सकल दर्जाका नेपाली सेनाको मनोनयन, राहदानी र भिसा सिफारिश सम्बन्धी कार्य‚
- संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ-संस्था, मित्रराष्ट्र लगायतसँग रहेको सम्बन्धको निरन्तरता तथा सुधार गर्दै लैजानुपर्ने क्षेत्रहरूको पहिचान तथा सिफारिश गर्ने सम्बन्धी कार्य‚
- संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेना परिचालन भएका क्षेत्रहरूको अनुगमन तथा अभिलेख राख्ने/राख्न लगाउने सम्बन्धी कार्य‚
- शान्ति सेनासँग सम्बन्धित जनशक्ति‚ तालिम तत्सम्बन्धी साधन स्रोतको अनुमान र समयबद्ध योजना तथा अनुगमन सम्बन्धी कार्य‚
- संयुक्त राष्ट्र संघमा शान्तिसेना तैनाथी तथा बन्दोबस्ती सामग्रीको योजना र आपूर्ति सम्बन्धी कार्य,
- शान्ति सेना सम्बन्धमा नेपाली सेना UNDPKO तथा अन्य अन्तराष्ट्रिय संघसंस्थासँग समन्वय‚ प्रतिवेदन तथा अनुगमन गर्ने कार्य‚
- अन्य वैदेशिक सम्पर्क र समन्वय सम्बन्धी कार्य‚
- विदेशी अतिथिहरूलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गर्ने कार्य‚
- अन्तर्राष्ट्रिय रक्षा सम्बन्ध सुदृढीकरण सम्बन्धी कार्य,
- नेपाल-भारत सुरक्षा सम्बन्धी द्विपक्षीय परामर्श समूहको बैठक सम्बन्धी कार्य,
- भारत र चीनको द्विपक्षीय सीमा बैठक सम्बन्धी कार्य,
- विभिन्न निकायबाट प्राप्त सूचना एवं जाहेरी विश्लेषण गरी सम्बन्धित निकायमा सम्प्रेषण गर्ने कार्य,
- विपद् व्यवस्थापन सम्बन्धी कार्यमा नेपाली सेनालाई सहभागी गराउने सम्बन्धी रणनीति एवं कार्यनीति तयार गर्ने र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने कार्य,
- विभिन्न निकायहरूबाट प्राप्त सुरक्षा सम्बन्धी प्रतिवेदन अध्ययन गरी राय/प्रतिक्रिया दिने कार्य,
- विपद् वा सङ्कट व्यवस्थापनका लागि सेवा प्रदायक वा विज्ञहरू, सरोकारवालाहरूको रोष्टर तयार गर्ने, उद्धार, राहतका लागि क्षेत्रहरूको पहिचान गरी क्षेत्रगत प्रोफाइल तयार गर्ने कार्य,
- दीर्घकालीन रूपमा विपद् तथा सङ्कट व्यवस्थापनको लागि स्रोतसाधनको व्यवस्थापन सम्बन्धी कार्य
- विपद् व्यवस्थापन कार्यमा नेपाली सेनासँग समन्वय, सहजीकरण र अनुगमन सम्बन्धी कार्य,
- नेपाली सेनाले सञ्चालन गरेको पर्वतारोहण, वाकिटकी, फ्रिक्वेन्सी र सञ्चार सम्बन्धी कार्य,
- मन्त्रालयभित्र कम्प्युटर नेटवर्किङ्कको व्यवस्था र मन्त्रालय बाहिर आवश्यक लिङ्कको व्यवस्था गर्ने कार्य,
- मन्त्रालयको वेभपेजको निर्माण र सञ्चालन, वेवसाइटमा सूचना तथा मन्त्रालयसम्बद्ध उपयोगी सामग्रीहरू अपलोड गर्ने, अद्यावधिक गर्ने तथा नेटवर्किङ्ग सम्बन्धी कार्य,
- कम्प्युटर नेटवर्किङ्ग कार्यमा सुरक्षा वर्गीकरण (Security Classification) को आधारमा विभिन्न नियुक्तिहरूलाई दिन सकिने Shared Drive को छुट्टाछुट्टै व्यवस्था सम्बन्धी कार्य,
- Information Technology (IT) विशेषज्ञ र सल्लाहकारको भूमिका निर्वाह सम्बन्धी कार्य,
- कम्प्युटरको जडान (Installation) मर्मत सम्भार र पासवर्डको व्यवस्थापन सम्बन्धी कार्य,
- GIOMS को सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्य,
- मन्त्रालयबाट प्रवाह हुने सेवालाई डिजिटलाइज्ड र अनलाइनमा आधारित बनाउने सम्बन्धी कार्य,
- वार्षिक प्रतिवेदन तथा सुरक्षा जर्नल प्रकाशसनसम्बन्धी कार्य,
- कानून अनुसार सूचना माग गर्नेहरूलाई सूचना उपलब्ध गराउने सम्बन्धी कार्य,
- संसदीय Reporting तथा जवाफ तयार सम्बन्धी कार्य,
- मन्त्रालय र नेपाली सेना अन्तर्गतका विभिन्न आयोजनामा काम गर्न आउने विदेशी कामदारको कार्यसहमति, श्रम इजाजत तथा गैर पर्यटक भिसा सिफारिस तथा अनुगमन सम्बन्धी कार्य।
क. नीति, योजना तथा सैनिक कल्याण शाखा
- राष्ट्रिय सुरक्षा नीति (National Security Policy) तथा प्रतिरक्षा नीति (Defence Policy) तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन तथा संशोधन/परिमार्जन सम्बन्धी कार्य,
- मन्त्रालय तथा अन्तर्गतका निकायको योजना तर्जुमा तथा स्वीकृति सम्बन्धी कार्य,
- मन्त्रालय तथा अन्तर्गत निकायका लागि वार्षिक बजेट प्रस्ताव, सिलिङ निर्धारण, वार्षिक कार्यक्रम तर्जुमा र स्वीकृत गराउने कार्य,
- त्रैमासिक तथा वार्षिक समीक्षा बैठक आयोजना तथा त्यसमा प्रस्तुत गर्नुपर्ने विषयको तयारी सम्बन्धी कार्य,
- नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश गर्नुपर्ने रक्षा मन्त्रालय सम्बन्धी विषयहरू र नेपालको संविधानको धारा ५३ बमोजिमको प्रगति विवरण तयार गर्ने कार्य,
- मन्त्रालय र अन्तर्गत निकायबाट सञ्चालित कार्यक्रम/आयोजनाहरूको मासिक, द्वैमासिक, त्रैमासिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने सम्बन्धी कार्य, वार्षिक कार्ययोजनाको माइलस्टोनको प्रगति प्रतिवेदन, MTEF, आर्थिक सर्वेक्षण सम्बन्धी विवरण, आयोजना बैङ्क सम्बन्धी कार्य,
- मन्त्रालयस्तर तथा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेश गर्नुपर्ने विषय सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गत निकायबाट सञ्चालन हुने विकास आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (DPR) र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) स्वीकृति/संशोधन सम्बन्धी कार्य,
- सैनिक कल्याणकारी योजना तर्जुमा तथा कल्याणकारी कोषको अनुगमन, समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- सैनिक कल्याणकारी योजना र मन्त्रालय र अन्तर्गतका योजना/कार्यक्रमहरू प्रस्ताव एवं स्वीकृति, कार्यान्वयन तथा अनुगमन सम्बन्धी कार्य,
- सैन्य रणनीति तथा कार्य योजना तर्जुमा विश्लेषण तथा अनुसन्धान सम्बन्धी कार्य,
- सैनिक अस्पतालहरूको व्यवस्थापन सम्बन्धी नीतिगत कार्य,
- विकास कार्यक्रम/आयोजन कार्यान्वयनमा सहजीकरण र आवश्यकतानुसार अनुगमन सम्बन्धी कार्य,
- सोल्जर वोर्ड (भारत) तथा व्रिटिश गोर्खा वेलफेयर कोअर्डिनेशन कमिटी र पेन्सन क्याम्पहरूको व्यवस्थापनमा सहयोग पुर्याउने, स्वदेशी तथा विदेशी पेन्सनियर र भूतपूर्व सैनिक संगठन सम्बन्धी कार्य,
- नेपाली सेनाको आधुनिकीकरण, क्षमता सुदृढीकरणका लागि अनुसन्धान सम्बन्धी कार्य,
- राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बद्ध विभिन्न विषयमा निर्मित नीति, रणनीति तथा कार्ययोजनाहरूको अभिलेख राख्ने कार्य,
- विदेशी कामदारको कार्यसहमति, श्रम इजाजत तथा गैर पर्यटक भिसा सिफारिस तथा अनुगमन सम्बन्धी कार्य,
- वार्षिक प्रगति प्रतिवेदन प्रकाशन सम्बन्धी कार्य,
- सचिव तथा महाशाखा प्रमुखबाट तोकिएका, अधिकार प्रत्यायोजन भएका कार्यहरू।
ख. शान्ति सेना समन्वय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा
- संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी हुने नेपाली सेनाको प्रभावकारिता अभिवृद्धि र आधुनिकीकरण सम्बन्धी कार्य‚
- संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी हुने नेपाली सेनाका सकल दर्जाको मनोनयन स्वीकृति, राहदानी र प्रवेशाज्ञा (Visa) सिफारिश सम्बन्धी कार्य‚
- शान्ति सेनासँग सम्बन्धित उच्चस्तरीय Assignment मा स्वीकृति, राहदानी र भिसा सिफारिश सम्बन्धी कार्य‚
- संयुक्त राष्ट्र संघको आह्वानमा विभिन्न मिसनमा नेपाली शान्तिसेना तैनाथीमा सहजीकरण तथा बन्दोबस्ती सामग्रीको योजना र आपूर्ति सम्बन्धी कार्यमा सहजीकरण सम्बन्धी कार्य,
- संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय संघ संस्था, मित्रराष्ट्रका सैनिक संगठन लगायतसँग सम्पर्क र समन्वय तथा बहुपक्षीय र द्विपक्षीय संयन्त्रहरूको बैठक आयोजना सम्बन्धी कार्य,
- संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेना परिचालन भएका क्षेत्रहरूको अनुगमन तथा अभिलेख सम्बन्धी कार्य‚
- अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा समन्वय सम्बन्धी कार्य,
- Defence/Military Diplomacy सम्बन्धी कार्यहरू,
- शान्ति सेनामा सहभागी हुने जनशक्तिलाई तालिम प्रदान गर्ने तालिम केन्द्रहरूसँग समन्वय तथा अनुगमन सम्बन्धी कार्य‚
- शान्ति सेना सम्बन्धमा UNDPKO तथा अन्य अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय र अनुगमन सम्बन्धी कार्य‚
- नेपाली सेना र मित्रराष्ट्रका सेनाबीचको विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय तथा वैदेशिक सम्पर्क र समन्वय सम्बन्धी कार्य‚
- मित्रराष्ट्रका विदेशी सैनिक पदाधिकारी/अतिथिहरूलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गर्ने कार्य,
- अन्तर्राष्ट्रिय रक्षा सम्बन्ध समन्वय तथा सुदृढीकरण सम्बन्धी कार्य,
- भारत र चीनसितको द्विपक्षीय सीमा बैठकमा सहभागिता/प्रतिनिधित्व सम्बन्धी कार्य,
- सचिव तथा महाशाखा प्रमुखबाट तोकिएका, अधिकार प्रत्यायोजन भएका कार्यहरू,
ग. सूचना विश्लेषण तथा विपद् समन्वय शाखा
- विभिन्न निकायबाट प्राप्त सुरक्षा/प्रतिरक्षा सम्बन्धी सूचना, प्रतिवेदन एवं दैनिक जाहेरी अध्ययन विश्लेषण गरी माथिल्लो अधिकृतसमक्ष राय/सुझाव सहित पेस गर्ने तथा निर्देशनानुसार विभिन्न निकायमा सम्प्रेषण सम्बन्धी कार्य,
- विपद् व्यवस्थापन तथा प्रतिकार्यमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- विपद् व्यवस्थापनका लागि सेवा प्रदायक वा विज्ञहरू, सरोकारवालाहरूको रोष्टर तयार गर्ने, उद्धार, राहतका लागि क्षेत्रहरूको पहिचान गरी क्षेत्रगत प्रोफाइल तयार गर्ने सम्बन्धी कार्य,
- नेपाली सेनाले सञ्चालन गरेको पर्वतारोहण, वाकिटकी, फ्रिक्वेन्सी र सञ्चार सम्बन्धी कार्यको समन्वय,
- सूचना अधिकारीको रूपमा कार्य गर्ने र कानुन बमोजिम माग भएका सूचना सङ्कलन/विश्लेषण गरी उपलब्ध गराउने सम्बन्धी कार्य,
- मन्त्रालयको त्रैमासिक विवरण (स्वत: प्रकाशन) प्रकाशन सम्बन्धी कार्य,
- संघीय संसद्मा उठान भएका रक्षा मन्त्रालय र नेपाली सेना सम्बद्ध विषयहरूको रिपोर्टिङ गर्ने तथा संसद सचिवालय/संसदीय समितिबाट माग भएका विवरण सङ्कलन गरी जवाफ तयार गर्ने लगायतका कार्य,
- मन्त्रालयभित्र कम्प्युटर नेटवर्किङ व्यवस्थापन तथा मन्त्रालय बाहिर आवश्यक लिङ्कको व्यवस्था सम्बन्धी कार्य,
- मन्त्रालयको वेबसाइट निर्माण, सञ्चालन, व्यवस्थापन तथा नियमित सामग्री अद्यावधिक सम्बन्धी कार्य,
- Information Technology (IT) विशेषज्ञ र सल्लाहकारको भूमिका निर्वाह सम्बन्धी कार्य,
- सूचना प्रविधिसँग सम्बन्धित हार्डवेयर तथा सफ्टवेयरको जडान (Installation) तथा समस्या समाधान (Troubleshooting) सम्बन्धी कार्य,
- मन्त्रालय तथा कर्मचारीको सरकारी इमेल व्यवस्थापन सम्बन्धी कार्य,
- मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) को सञ्चालन, व्यवस्थापन र तत्सम्बन्धमा कर्मचारीहरूलाई अभिमुखीकरण/प्रशिक्षण सम्बन्धी कार्य,
- मन्त्रालयको कामकारवाहीलाई सूचना प्रविधिमा आधारित बनाउने तथा सेवा प्रवाहलाई अनलाइन मार्फत प्रदान गर्ने कार्य,
- Gender Focal Person/Disaster Focal Person का रूपमा कार्य गर्ने र तत्सम्बन्धी बैठकहरूमा मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने कार्य,
- सुरक्षा जर्नल सम्पादन/प्रकाशन सम्बन्धी कार्य,
- सचिव तथा महाशाखा प्रमुखबाट तोकिएका/अधिकार प्रत्यायोजन भएका कार्यहरू।